September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

745

विराटनगर । मोरङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार बुढिगंगा गाउँपालिका–३ रमाइलो टोल स्थितमा पोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिउँसो साढे २ बजे कृष्ण मगरको ३ बर्षीय छोरा कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी पोखरीबाट निकाली तत्काल उपचारको लागि बिराट टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement