पाँचथर । फाल्गुनन्द गाउँपालिका स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
राजनीतिज्ञ तथा साहित्यकार एवं समाजसेवी फाल्गुन्नद गाउँपालिकाको पूर्व अध्यक्ष स्व.अमर कुमार नेम्बाङको सम्झनामा असार २१ गते कविता प्रतियोगिता भएको थियो ।
फाल्गुन्नद गाउँपालिकाको विशेष आर्थिक व्यवस्थापनमा आयोजित नेपाली र लिम्बु भाषामा कविहरुले प्रतियोगितामा भाग लिएका थिए ।
लिम्बुभाषाबाट प्रतियोगितामा भाग लिनेहरुमा श्याम तुप्फान (कुम्मान केख्र), प्रथम भएका थिए । उनी फाल्गुनन्द २ निवासी हुन् । त्यसैगरी फाल्गुनन्द ५ का मोहनचन्द्र चेम्जोङ् (माङ्हुप) दोश्रो, फाल्गुनन्द १ सत्तेरुपाका इन्दिरा नेम्बाङ (लाजेफुङ्) तेश्रो, फाल्गुनन्द २ का लाजिमा नेम्बाङ (आनि निसाम्साहा?) ले प्रशंसा पुरस्कार पाएका थिए ।
नेपाली भाषाबाट प्रतियोगी बनेकामध्य घुर्बिसे पञ्चमीका मिलन कार्की (गुमनाम शहर) प्रथम, फाल्गुनन्द १ का अम्बिका सापकोटा (माल्दाईलाई पत्र) दोश्रो, घुर्बिसे पञ्चमीका सुरेन्द्रप्रसाद लामिछाने (त्यो स्वर्ग बिर्सन्छु म) छन्द काव्य तेश्रो बनेका थिए ।
प्रतियोगितालाई “याक्थुङ मुनचईत चोक सयङ” केन्द्रीय समितिले आयोजना गरेको हो ।
प्रतियोगिताको निर्णायक मण्डलमा मलिशा याक्थुङम्बा, समदर्शी काईला र सिरेन वान्तावा थिए ।