विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । मृत्युु हुनेमा इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरी रहेका छन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार करिब पौने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको आमाछोरी सवार १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिए हो ।
ठक्करबाट घाइँते भएको अवस्थामा ड्राइभरले टिप्पार ‘ब्याक’ सारेर पेलेको स्थानीयको आरोप छ। उक्त घटनापछि स्थानीयवासीले टिपर तोडफोड गरेका थिए । स्थानीय आक्रोशित भएपछि केही समय इटहरी तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले सामन्य बल प्रयोग गरेको थियो ।
झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएका थिए ।
