धनकुटा । धनकुटा नगरपालिका १० मा रहेको उत्तरपानी बहुप्राविधिक शिक्षालयको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राईले निरीक्षण भ्रमण गरेका छन् ।
छोरीलाई पढाउनु हुन्न भन्ने विभेदकारी सामाजिक परिवेशमा छात्राहरू मात्र अध्ययन गर्ने गराउने उदेश्यले वि.सं. २००५ सालमा स्थापित शारदा बालिका माविमा कक्षा १ देखि १२ सम्ममा करिव ६०० छात्राहरू अध्ययनरत छन् ।
करिव ६ बिगाहा क्षेत्रफलमा रहेको सो विध्यालयमा पुस्तकालय, क्ष्ऋत् ीबद, छात्रावास र पठनपाठनका लागि १० वटा भवनहरू भएता पनि मर्मत सम्भार र नयाँ भवन थप्न आवश्यक रहेको प्रअ धर्म नारायण शाहले बताए । खेल मैदान, शिक्षक दरबन्दि र स्कुल बस जरुरी भएको बिब्यस अध्यक्ष दिवा श्रेष्ठलगायत जनप्रतिनिधिहरूले माग गरेका थिए ।
त्यसैगरी करिब ८६४ रोपनी क्षेत्रफलमा फैलिएको उत्तरपानी बहुप्राविधिक शिक्षालयमा सबैभन्दा जेठो शिक्षालय(२०४१) भएतापनी आधुनिक भैतिक संरचनाको अभाव रहेको र विश्व बजारको माग बमोजिम नविनतम विषयका प्राविधिक कक्षाहरू सन्चालन गर्न आवस्यक रहेको शिक्षालय प्रमुख शंकर देव कोईरालाले बताए ।