March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

मोरङमा बसको ठक्करबाट स्कुटर चलकको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

2.3K

विराटनगर। मोरङमा सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । बिहीवार पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।

मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा भएको दुर्घटनामा ठक्करबाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

Advertisement