April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङका तीन पालिकाबीच समन्वयात्मक बैठक

2.1K

ताप्लेजुङ । छिमेकी स्थानीय तहहरुबीच एक आपसमा सहकार्य, समन्वय र सिकाई अनुभव आदानप्रदान गर्ने उद्देश्यले ताप्लेजुङका तीन पालिकाबीच समन्वयात्मक बैठक बसेको छ । जेठ २१ गते मैवाखोला गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

बैठकमा मैवाखोलाका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङवीर लिम्बू, उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चोङबाङ, आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ लगायत वडाध्यक्षहरुको उपस्थिति थियो ।

बैठकले यस क्षेत्रको आर्थिक क्षेत्र, स्वास्थ क्षेत्र, पर्यटन क्षेत्र, पूर्वाधार क्षेत्र र वातावरणिय क्षेत्रमा काम गर्न मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस कार्यक्रमलाई निरन्तरता दिइने पनि मैवाखोलाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिएका छन् ।

Advertisement