विराटनगर । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिका –३ का राजकुमार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिकासाब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पु¥याइएको थियो ।
त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।