भोजपुर । ट्याक्टर दुर्घटना हुँदा भोजपुरमा १ जनाको मृत्यु भउको छ । जिल्लाको हतुवागढी गाउँपालिका–१ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
बुधवार दिउँसो नागथानबाट हर्कातर्फ जाँदै गरेको को. १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका–६ का २२ बर्षीय बलराम बिकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
