November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बसबाट लडेर मृत्यु

1.2K

उदयपुर । बसबाट लडेर उदयपुरमा एकजनाको मृत्यु भएको छ । कटारी नगरपालिका–२ खोक्सास्थित सडकमा ग.२ ख १०१ नम्बरको बसबाट लडेर बसमा सवार उदयपुर कटारी नगरपालिका–५ सिसाघारी बस्ने ३८ वर्षीय सुमन भुजेलको मंगलबार बिहान मृत्यु भएको हो ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement