मेन्छ्यायेम ५, तेह्रथुम (साविक मोराहाङ) निवासी स्व. हर्कबहादुर खापुङ र स्व.मनमती पन्धाक (खापुङ) को छोरा स्व. तेजबहादुर खापुङ (२००१ वैशाख १८–२०७३ मंसिर ८) को नाममा मेन्छ्यायेम अस्पतालमा इमर्जेन्सी वार्ड निर्माण भएको छ ।
श्रीमती प्रेमकुमारी तुम्बाहाम्फे (खापुङ), छोराहरु देवराज खापुङ, गुमराज खापुङ, छोरीहरु यसोदा खापुङ, गीता खापुङ, भूमिका खापुङ, नातीहरु रोम खापुङ, एलेक्स खापुङले निर्माण गरिदिएका हुन् ।
वैशाख २३ गते शनिबार मेन्छ्यायेम प्रमुख यादवबहादुर खापुङ्को प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण भएको छ । कार्यक्रममा विशेष अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ, मेन्छ्यायेम शाखा अधिकृत नवदिप राई, इन्द्रकुमारी खापुङ काठमाडौं, मेन्छ्यायेम उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम, मेन्छ्यायेम ५ वडाअध्यक्ष दोजराज गौतम, मेन्छ्यायेम ६ वडाअध्यक्ष प्रदिप बुढाथोकी, वडासदस्यहरु ५ का बिनोद भट्टराई, पवन थापा, वडा ६ का वडा सदस्य शुक्र सम्बाहाङ्फे, वडा नं. ५ का पूर्व वडाध्यक्ष शिवनाथ खापुङ्, डगलसिं खापुङ्, किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका महासचिव खगेन्द्र खापुङ उपस्थित थिए ।
स्वर्गीय तेजबहादुर खापुङ् ‘येप्सर कान्छा’को स्मृतिमा बनाइएको मेन्छ्यायेम अस्पताल मोराहाङ् इमर्जेन्सी वार्डको लागत १०,२५,००० छ भने निर्माण गर्दा सहयोगी उनकै भतिज हस्तराज खापुङ् रहेका थिए ।