November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मोरङको लेटाङमा सवारी दुर्घटना हुँदा एक बृद्ध पुरुषको मृत्यु

1.3K

विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना बृद्ध पुरुषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्रदेश नम्बर १–०२–००१ ज ३९५३ नम्बरको पिकअप गाडी स्ट्रिङ फेल भई आफै अनियन्त्रित भएर सडकदेखि अन्दाजि २ सय मिटर तल पल्टिदा चालकसहित तीनजना घाईते भएका थिए ।

उक्त घटना स्थलमा प्रहरी टोली खटिगई घाईते भएका चालक पथरीका ३० बर्षीय मनोज दियाली (बि.क), लेटाङ–३ का ७४ बर्षीय जीवन श्रेष्ठ र ५५ बर्षीय रुद्र लम्साललाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएकोमा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।