ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेतिर मैवाखोला गाउँपालिका–४ साँघुको चित्रेमा परेको चट्याङले १० वर्षीय फुर्वादोर्ची शेर्पाको निधन भएको हो ।
चट्याङ लागेर फुर्वादोर्चीका ४७ वर्षीय बाबु दारिञ्जेन शेर्पा र आमा ङिमाल्हामू शेर्पा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । शवको पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने तयारी रहेको छ ।
घरमा बसिरहेको बेला चट्याङ परेको थियो । बिजुलीको वायरिङका सामानसमेत जलेकोले बिजुली सट भएर दुर्घटना भएको हुन सक्ने एक स्थानीयले जानकारी दिए ।
