April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ताप्लेजुङमा एकीकृत समाजवादीका विभिन्न पेशागत संगठनहरू गठन

1.5K

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एकीकृत समाजवादी पार्टी सम्वद्ध विभिन्न पेशागत संगठनहरू निर्माण भएका छन् । शनिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै पेशागत सङ्गठनका ३ वटा नयाँ कार्य समिति चयन भएका हुन् ।

समाजवादीले पेशागत महासंघ, एकिकृत सरकारी कर्मचारी संगठन, नेपाल र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन गरेर तिन संगठनको नयाँ कार्य समितिको चयन गरेको छ ।

पेशागत महासङ्घको अध्यक्षमा मुकुन्द भट्टराई, उपाध्यक्षमा गंगा नाल्बो, महासचिवमा लेखनाथ भट्टराई, सचिवमा कमल लाम्गादे, सहसचिवमा दिलबहादुर विक र कोषाध्यक्षमा मञ्जु राईसहित १६ सदस्य नयाँ समिति चयन भएका छन् । उक्त समिति केन्द्रीय प्रतिनिधि कमल भट्टराई र संगीता राई साथै प्रदेश प्रतिनिधि शम्भु श्रेष्ठ, प्रकाश गुरुङ, दिपक भण्डारी, सावित्रा श्रेष्ठ र मनिता भट्टराईको उपस्थितिमा चयन भएका थिए ।

Advertisement

त्यस्तै एकीकृत सरकारी कर्मचारी संगठन नेपालतर्फ अध्यक्षमा प्रकाश गुरुङ, उपाध्यक्ष खुल्लामा गंगा नाल्बो, उपाध्यक्ष महिलामा संगीता राई, सचिवमा मनिता भट्टराई, कोषाध्यक्षमा सुरेन्द्र नाल्बो सहित ११ सदस्सीय नयाँ समिति चयन गरेको छ । सो समिति केन्द्रीय प्रतिनीधि गुरागाईँ र मञ्जु राई तथा प्रदेश प्रतिनिधि शम्भु श्रेष्ठको उपस्थितिमा चयन भएको हो ।

त्यसै गरी प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनतर्फ अध्यक्षमा कमल भट्टराई, उपाध्यक्षमा मोहन सिंह साम्मेखाम र संगीता घिमिरे, सचिवमा वनजावी ओख्राबु, सह–सचिवमा हरि तामाङ र कोषाध्यक्षमा दिपक भण्डारी सहित १५ सदस्सीय नयाँ समिति चयन भएको छ । सो समिति केन्द्रीय प्रतिनिधि शान्तिराम नेपाल, शान्ता योङहाङ र अम्बिका हाङबाङ साथै प्रदेश प्रतिनिधि कमल पौडेलको उपस्थितिमा भएको हो ।

पेशागत महासंघका अध्यक्ष शान्तिराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख चेतनाथ न्यौपानेको प्रमुख आतिथ्यता, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अम्बिका राजभण्डारी, प्रगतिशील शिक्षक संगठन, नेपालका केन्द्रीय सदस्य नेत्र नेपालीको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल लगायत केन्द्रीय, प्रदेश तथा जिल्लाका विशिष्ट व्यक्तित्वको कार्यक्रममा आतिथ्यतामा रहेको थियो ।