पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्वन्धित वडा कार्यालयबाटै नेपाल सरकारले सुचीकृत गरेका गरिब घर परिवारलाई परिचय–पत्र दिन थालेको छ । उक्त गाउँपालिकाले सबैभन्दा धेरै गरिब परिवार रहेको वडा नम्वर ३ स्थित पौवासारतापबाट परिचय–पत्र वितरण गर्न थालेको हो ।
सरकारले बर्गिकरण गरे अनुसार अति गरिब, सामान्य गरिब र मध्यम गरिब परिवारमा सुचिकृत भएका परिवारलाई संघीय सरकारमार्फत जारी भएको परिचय–पत्र वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए ।
प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोककाअनुसार यस गाँउपालिकामा गरिब परिचय पत्र पाउने परिवारको कुल संख्या ४ सय ३२ छ भने वडा नम्वर ३ मा मात्रै ५३ परिवार परिचय–पत्र पाउनेको सुचीमा छन् ।
यस्तो परिचय–पत्र पाउने परिवारलाई शिक्षा, स्वास्थ र रोजगारीसँग आय आर्जनका कार्यक्रममा प्राथमिकता राख्ने सरकारको नीति छ ।
फाल्गुनन्द गाउँपालिकाले भने यो परिचय–पत्र पाउनेलाई आफ्नै स्रोतबाट स्वास्थ बिमा गरिदिने कार्यक्रम ल्याएको छ ।
जिल्लामा गरिब परिचय–पत्र वितरण सुरुवात गर्ने फाल्गुनन्द गाउँपालिका नै पहिलो स्थानीय तह हो ।