April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मधेश प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

1.7K

जनकपुर । नेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएसँगै समाजवादी सरकारबाट बाहिरिएको हो ।

दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादव बाहिर भएका कारण सचिवालयमा राजीनामा पत्र बुझाएको लुंगेलीले जानकारी दिइन् ।

सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

Advertisement

समाजवादीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता भएको बताएको हो ।