June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

मधेस सरकारबाट बाहिरिने जनमत पार्टीको निर्णय

1.3K

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। पार्टीका सचिव बिपी साहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

मधेस सरकारमा जनमतबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए। मन्त्रीहरूले आजै राजीनामा बुझाउने बताइएको छ ।

केन्द्र सरकारबारे भने केही निर्णय नभएको बताइएको छ ।

Advertisement

जनमतबाट अनिता देवी संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन्।