April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

लुम्बिनी प्रदेश सम्मेलन गर्दै कांग्रेस

1.6K

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ। प्रदेश कार्यसमिति गठनपछि पहिलोपटक कांग्रेसले सम्मेलन गर्न लागेको हो।

यही मंसिर १६ र १७ गते हुने सम्मेलनका लागि केन्द्रीय सभापति शेरबहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायत सहभागी हुनेछन्।

प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

Advertisement

कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ।