March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा बुटवलमा दीप प्रज्वलन

गंगा खापुङ लिम्बु
२०८० आश्विन २५

2.4K

बुटवल । प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्झनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ । यस दुःखद घडीमा ‘लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज’ले बुटवलको मिलनचोकमा श्रद्धाञ्जली शोकसभा कार्यक्रम राखेको हो ।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका १० विद्यार्थीहरुको प्यालेस्टाइनी हमासको आक्रमणमा परी मृत्यु भएको छ । उनीहरुको सम्झनामा बुधबार साँझ बुटवलको मिलनचोकमा दिप प्रज्वलन गरिएको हो ।

pinup pin up pin up pinup

दीप प्रज्वलन कार्यक्रममा रिजन चेयर पर्शन दीपक श्रेष्ठ, जोन चेयर पर्शन अमृता कार्की पौडेल, क्लबको अध्यक्ष सुमित्रा टण्डन, सचिव सुनिता न्यौपाने, डाईरेक्टर सरस्वती राना लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

अर्न एण्ड लर्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट ४९ जना इजरायलको विभिन्न क्षेत्रमा कार्यरत थिए । जसमध्ये हमासको आक्रमणबाट सुदरपश्चिमान्चल विश्वविद्यालयका १० जनाको निधन भएको छ । एकजना विध्यार्थी अझैं सम्पर्कवीहिन छन् भने ४ जना घाइते भएका छन् ।

कार्यक्रममा क्लबको अध्यक्ष सुमित्रा टण्डनले मृतकको चीर शान्तिको कामना गर्नुका साथै मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी थिईन् । नेपाल सरकारलाई इजरायलमा रहेका नेपालीहरूको उद्दार कार्यमा ढिलाई नगर्न अनुरोधसमेत गरेकी थिईन् ।

शोक सभा कार्यक्रममा बिरगाथा साकोसका उपाध्यक्ष गीतारानी बराल तथा अन्य सदस्यहरू र प्रहरी जवानहरूले उपस्थिति जनाएर साथ दिएका थिए ।