काठमाडौं । ‘लायन्स क्लब अफ सिद्धबाबा’ र ‘लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज’को संयुक्त आयोजनामा ह्विलचेयर बितरण गरिएको छ । मंगलबार बुटवल– ८ अवस्थित सिमरन होटलमा एक कार्यक्रम गरी ह्विलचेयर बितरण गरिएको हो ।
लायन्स क्लब अफ बुटवल सिद्धार्थका अध्यक्ष नारायण बिक्रम कुँवर थापा र लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईजकी अध्यक्ष सुमित्रा टण्डन क्षेत्रीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमबाट गुल्मि दरवार गाउँपालिका–६ भलायचौर घर भई हाल बुटवल ८ सुख्खानगर बस्दै आएका स्पाईनल कर्ड बिरामी बर्ष २२ का बिनोद खड्का, अर्घाखाँची सन्धिखर्क नगरपालिका निवासी सागर भुसाल र सैनामैना निवासी बर्ष ४३ कि सरस्वती ज्ञवालीसहित ३ जनालाई ह्विलचेयर बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पिएमजेएफ लायन अर्जुनमान शैजु, विशिष्ट अतिथि एमजेएफ पुरुषोत्तम प्रधान र अतिथिहरू एरिया एमजेएफ लायन कल्पना सिवाकोटी, एरिया सेक्रेटरी एमजेएफ लायन डा. शान्ता शर्मा, लायन्स क्लब अफ भृकुटी प्याराडाईजका एक्सटेन्सन चेयर पर्शन अमृता कार्की पौडेलको उपस्थिति रहेको थियो ।