April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

3.5K

काठमाडौं । लुम्बिनी प्रदेश काँग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । संसदीय दलको नेता बन्न राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना पनि आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन् ।

दाङ क्षेत्र नम्बर ३ (१)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी काँग्रेसका २७ जना सांसद छन् ।

Advertisement