September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

1.1K

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडीतर्फ हिँडेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ ।

Advertisement