February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

गञ्जीमै कार्यालय बसे गण्डकीका प्रदेशमन्त्री दीपक मनाङे

880

पोखरा । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे) गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको कर्मचारीले नै खुलासा गरेका छन् ।

मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका थिए ।

Advertisement

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेको श्रोतले बताएको छ ।

गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री बनेका हुन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहो¥याएका थिए ।