November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आँधीखोला तमु समाजमा मनखुशी फाउण्डेशनद्वारा एक हप्ते तालिम सम्पन्न

1.9K

पोखरा । मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशको आयोजनामा बोल्ने कला तथा क्षमता अभिवृद्धिसम्बन्धी एक हप्ते तालिमको शनिबार समापन गरिएको छ ।

आँधीखोला तमु समाजको व्यवस्थापन र जय भूपू सैनिक सुनचाँदी पसल, चिप्लेढुंगाको सहयोगमा सञ्चालित सो तालिममा २५ जना प्रशिक्षार्थी सहभागी थिए । आँधीखोला तमु समाजको सभाहलमा भएको तालिममा पत्रकार रूद्रबहादुर श्रीसले सहजीकरण गरेका थिए ।

तालिमको समापनमा बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष बलराम पौडेलले भौतिक विकाससँगै मानिसको सकारात्मक सोंच र क्षमता विकासमा पनि वडाले बजेट विनियोजन गर्दै आएको बताए । वडाबासीको व्यक्तित्व र नेतृत्व विकासका लागि वडाले विशेष जोड दिएको बताउँदै कावा वडाध्यक्ष पौडेलले वडाबासीको आवश्यकता हेरेर बजेटको व्यवस्थापन गर्दै आएको उल्लेख गरे ।

Advertisement

मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशकी अध्यक्ष काशी गुरुङले आँधीखोला तमु समाजका सदस्यको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए । आगामी दिनमा पनि समाजसँग सहकार्य गर्ने वचन दिँदै अध्यक्ष गुरुङले तालिम सञ्चालनका लागि जय भूपू सैनिक सुनचाँदी पसलले महत्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । जय भूपू सैनिक सुनचाँदी पसलका सञ्चालक एवं सफल व्यवसायी कमलमान सुनारले आँधीखोला समाजका सदस्यको क्षमता अभिवृद्धिका लागि केही सहयोग गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको भनाइ राखेका थिए ।

त्यसैगरी, तालिमका प्रशिक्षक पत्रकार रूद्रबहादुर श्रीसले तालिममा सहजीकरण गर्ने अवसर पाएकोमा आयोजकप्रति धन्यवाद दिँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सके तालिम सार्थक बन्ने धारणा व्यक्त गरेका थिए । आँधीखोला तमु समाजका अध्यक्ष नरबहादुर गुरुङले तालिममा देखिएको उपलब्धीले आफू खुशी भएको भन्दै समाजलाई अघि बढाउन आगामी दिनमा सहज हुने विश्वास व्यक्त गरे । समाजका प्रमुख सल्लाहकार रुकबहादुर गुरुङले तालिमका प्रशिक्षार्थीमा देखिएको विकासले आफू निकै नै प्रफुल्लित भएको बताए ।

आँधीखोला तमु समाज, आमा समूहकी अध्यक्ष खेमसरी गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरू लीलबहादुर गुरुङ, तुलमाया गुरुङ, सुबेदार लीलबहादुर गुरुङ, मेलिना गुरुङ, हुमबहादुर गुरुङ, गोमा गुरुङ, शंकर गुरुङ, तिलकुमारी गुरुङ, मनमाया गुरुङ, सुबेदार धनबहादुर गुरुङ, सनिसरा गुरुङ, टौमाया गुरुङले तालिमको अनुभव व्यक्त गरेका थिए ।