May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
1:37:26 pm

गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको ‘क्लिन स्विप’

4.1K

कास्की । बुधबार भएको गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले क्लिन स्विप पारेको छ । तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।

मत परिणामअनुसार पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।

यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए भने अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।

Advertisement