काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । प्रतिस्पर्धी भागवतप्रकाश मल्ललाई पराजित गर्दै उनी विजयी बनेका हुन् ।
आज बिहान सम्पन्न मतगणनामा कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेकोमा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत पाए ।
विजयी थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् । दुबैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित भएका छन् ।
त्यस्तै विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरे । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत पाएका थिए ।




