May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

पूर्व मुख्यमन्त्री पाण्डे अस्पताल भर्ना

980

काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे अस्पताल भर्ना भएका छन् ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनी सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएका हुन् ।

अहिले पाण्डेको स्वास्थ्यमा अवस्था सुधार हुँदै आएको अस्पताल श्रोतले बताएको छ ।

Advertisement

अस्वस्थ पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनालअस्पताल पुगेका थिए ।