March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

कलेज बसले शव वाहनलाई ठक्कर दिएपछि आपसमा ठोक्किए ८ वटा सवारी, २० घाइते

1.7K

काठमाडौं । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आठवटा सवारी दुर्घटनामा परेका छन् । एक–अर्कासँग ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो । नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६–००१प २२९४ र ब.प्र.०३–००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Advertisement

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर–१४ का कुसुमबहादुर राना, रत्ननगर–१४ का सुरेश श्रेष्ठ, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा–१४ का महोन तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, रत्ननगर–१४ का पुर लामा, रत्ननगर–१४ कै बुद्रिराम तामाङ, रत्ननगर–१६ का रेशम पोखरेल, रत्ननगर–१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर–४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

शव बोकेको बलेरो गाडीमा सवार नवलपुरको गैंडाकोट–८ का लोकराज लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर–१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर–१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर–३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसका चालक नवलपुरको गैंडाकोट–९ बस्ने २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन् ।