June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समितिले गर्‍यो काठमाडौंमा विरोध सभा

1.6K

काठमाडौं । भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समिति र नेपाल सांस्कृतिक समाजवाले बुधबार काठमाडौस्थित नयाँ वसपार्कमा भ्रष्टाचार विरुध्द विरोध सभाको आयोजना गरेको छ ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समितिका संयोजक भबिसोर पराजुलीले नेपालमा भ्रष्टारचारले जरो गाडीसकेको भन्दै भ्रष्टाचारबाट देश मुक्त नभए सम्म कुनै प्रकारको प्रगति नहुने बताए। उनले यो वा त्यो प्रकारले सेटीङमै भ्रष्टाचार हुने गरको भन्दै भ्रष्टारको समुल अन्त्य गर्न जन स्तरबाटै अभियान थाल्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा जनाधिकारसंरक्षण मञ्चका अध्यक्ष तथा पूर्व प्राध्यापक शंकर पोखरेल, सुरक्षा समितिका पूर्व सदस्य तथा अभियन्ता बसन्त भुजेल, राष्ट्रिय आविस्कार केन्द्रका हरी तामाङ लगायतका बक्ताहरुले भ्रष्टारचारले देशकै वद्नाम भएको भन्दै नेपाली राजनिति सहित कर्मचारी प्रशासन र स्वयं हाम्रो मानसिकतामा भएको भ्रष्टाचारलाई अन्त्य नगरे सम्म देशको उन्नति नहुनेमा उनीहरुको जोड थियो ।

Advertisement

कार्यक्रमको स्वागत मन्तव्य दार्चुलाकी अधिकारकर्मी तथा अभियन्ता रुकमणि जागरीले राखेकी थिइन् भने ॠषि अधिकारीले संचालन गरेका थिए । सरकारी तथा अन्य सवै निकायमा भनसुन र लेनदेनवाट भ्रष्टाचार मौलाएको उहाँले बताए। भ्रष्टहरुको सम्पति राष्ट्रियकरण गरेर नगए उनिहरुको मनोवल अझ बढ्दै जाने उनको भनाई थियो ।

सरकारले भ्रष्टाचारको फायल खोले पनि ठूलाहरुलाई कारवाहीको दायरामा ल्याउन सक्छ कि सक्दैन शंका रहेको भन्दै भ्रष्टाचार अन्त्य नभए नेपालले हासिल गर्न खोजेको लक्ष पुरा गर्न सक्दैन । भ्रष्टाचारको अन्त्य नभए राष्ट्रिय स्वाधिनताको समेत रक्षा हुन्न भन्दै उहाँले ठूला फायल खोलेर मात्र भ्रष्टाचारको अन्त्य नहुने भन्दै सरकारका ३ वटै तहहरु भ्रष्टाचारको दुर्गन्धमा मुछिएको बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले भ्रष्टाचार विरोधी गीत प्रस्तुति गरेका थिए । संघर्ष समितिले निरन्तर भ्रष्टाचार विरुद्ध अभियानहरु संचालन गर्ने जनाएको छ । ०६४ बाट सुरु भएको यो अभियान अव देशभरी अभियान चलाउने बताए।