June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला

1.4K

काठमाडौं । भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको हो ।

उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । उनको शव बिहीबार भेटिएको हो ।

उनको खोजीमा असार १७ गते देखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन ।

Advertisement

अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको छ । उनले त्यो विष सेवन गरे नगरेको यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने भएको छ ।