September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

810

काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो। 

दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि डा. इवामुरा अस्पतालमा लगिएको थियो। 
त्यहाँ उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको हो ।

Advertisement

उनकी १९ वर्षीया छोरी अनिता पनि सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्।