November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अनेमसंघ समाजवादी वाग्मती प्रदेशको अधिवेशन आगामी असोजको पहिलो हप्ता हुने 

1.7K

काठमाडौ । अनेमसंघ समाजवादी बाग्मती प्रदेशको बैठक सम्पन्न भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगमा सम्पन्न बैठकले आगामी असोजको पहिलो हप्तामा बाग्मती प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । 

बैठकले अधिवेशन तयारीको लागि विभिन्न उपसमितिहरू गठन गरेको छ । जसअनुसार अखिल नेपाल महिला संघ समाजवादी बाग्मती प्रदेशको राजनैतिक तथा सांगठनिक प्रतिवेदन उपसमिति प्रदेश अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा गठन गरिएको छ । त्यस्तै  आर्थिक उपसमिति अनेमसंघ समाजवादी बाग्मती प्रदेशका कोषाध्यक्ष पार्वती सिलवाल, अखिल नेपाल महिला संघ समाजवादीका बाग्मती प्रदेश सहसचिव कुमारी शान्ता तामाङको संयोजकत्वमा प्रचारप्रसार  उपसमिति गठन भएको छ ।  

पार्टीका बाग्मती प्रदेश प्रमुख सावित्रा भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघका बाग्मती प्रदेश अध्यक्ष मनु सिग्देलले गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव संगिता पाख्रिनले गरेकी थिइन् ।

Advertisement