November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

1.4K

चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेका छन् ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो ।

यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।

Advertisement