काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार दिउँसो २ बजे चौंरीदेउराली गाउँपालिका वडा नं ४ स्थित सुँगुरेमा यात्रुवाहक बस दुर्घटना भएको हो ।
रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीकाअनुसार गुडिरहेको बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।