April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चितवनबाट सुरु हुँदै फरक विचारको उत्सव ‘चित्तौन कचेहेरी’

6K

काठमाडौं । चितवनमा फरक विचारको उत्सव ‘चित्तौन कचेहेरी’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम बैशाख २९ र ३० गते नारायणी कला मंदिर, नारायणगढमा आयोजना हुन लागेको हो ।

थारु सांस्कृतिक संग्रहालय, कर्मी चौतारी (नाट्य समूह), नारायणगढ जेसिस, न्यू लाइफ मिसन नेपाल र श्रमिक नेपालको सहकार्यमा आयोजना हुन लागको उक्त कार्यक्रम किनारा पारिएका मानिसहरुका मुद्दाकेन्द्रित रहने कार्यक्रमकी संयोज तथा निर्देशक सरिता तिवारीले जानकारी दिइन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सामाजिक सञ्जाल आएसँगै सञ्चार विकेन्द्रीकृत त छ तर समाजको ध्यान त्यसले उत्तेजनात्मक र सनसनीपुर्ण सामाग्रीहरुतिर केन्द्रित गरेको छ । फलस्वरुप समाजका वास्तविक विषय र त्यसमा पनि जातीय, क्षेत्रीय, लैंगिक, आदि हिसाबले किनारामा पारिएका मानिसहरुका मुद्दा पूरै ओझेल परेका छन् । त्यस्तै मुद्दाहरुमा केन्द्रित भएर मानिसका जीवन–मरणका विषयहरुलाई उठान गर्ने, मन्थन गर्ने र थुनिएका आवाजहरुलाई सामाजिक चिन्तनको मुल धारमा प्रकट गर्ने माध्यमका रुपमा चित्तौन कचेहेरी (थारु भाषामा चितवन संवाद वा बहस) लाई विकास गर्ने जमर्को हामीले गरेका छौं ।’

तिवारीका अनुसार यस उत्वस वर्षेनी चल्नेछ । ‘कम्तीमा पहिलो संस्करणका लागि यो चितवन उपत्यकामा गत शताब्दीभर कसरी बस्तीहरु बसे र कसरी यहाँको सभ्यता विकसित भयो भन्ने विषयमा केन्द्रित हुनेछ ।’, तिवारीले बताइन् ।

Advertisement

यस उत्सवमा यहाँको बस्ती विकासका क्रममा थारु, बोटे, माझी र मुसहरजस्ता आदिवासी कता कसरी छुटे ?, यहाँ कायम जात–व्यवस्थाले दलित समुदाय र नेपाली समाजलाईलाई कहाँ पुर्यायो ?, यहाँ व्याप्त लैंगिक विभेद र हिंसाले यहाँ कायम पितृसत्ताको दबदबाबारे के बोल्छ ? र जलवायु संकट र एआईजस्ता प्रविधिको विकासले नयाँ पुस्ताको भविष्यबारे के बोल्छन् ? लगायतका चार मुख्य मुद्दा रहनेछन् ।

कार्यक्रमको छलफल सत्रमा चितवन उपत्यकामा सभ्यताको ऐतिहासिक विकासक्रम, आदिवासी आँखामा राष्ट्रिय निकुंज स्थापना र विकासः के पाइयों के गुमाइयो ?, जब्बर जात व्यवस्थाः समाज अघि जाँदैछ कि पछि ?, लैंगिक विभेद र हिंसा, साहित्यको फरक चीरफार लगायतमा छलफल हुनेछ ।