November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु, १२० विदेशी र ४९ जना नेपाली

2.1K

काठमाडौँ । फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दिएको हो ।

जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।

Call sign Fz 576 नम्बरको उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ ।

Advertisement