November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या

2.9K

काठमाडौँ । काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ ।

फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो । अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ । काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको जानकारीमा आएको छ ।

Advertisement