November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

एकीकृत समाजवादीको विदुर नगर कमिटी संयोजकमा सजन श्रेष्ठ 

1.7K

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले सजन कुमार श्रेष्ठ संयोजक रहेको २५ सदस्यीय नगर कमिटी गठन गरेको छ।

कमिटीको सहसंयोजकमा सुजना खतिवडा, सचिवमा दिपेश लाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेको पार्टी उपसचिव उद्धव पनेरुले जानकारी दिए ।

कमिटीको  सदस्यहरूमा जीवन कुमाल, दिपक थापा, सविता श्रेष्ठ, हरिमाया तामाङ श्रेष्ठ, गौरी विक, राजु रिमाल, शंकर गजुरेल, साजन राई, गोपिनि केसी, वासु चित्रकार, अनिश्मा राई, सीता राई, सविता सडौला, कृति थापा, हरि गुरुङ, निर्जल राई, विनोद केसी, सारदा गजुरेल, सम्भव न्यौपाने, महेन्द्र लाल डंगोलसहित २५ सदस्यीय कमिटी निर्माण भएको पनेरुले बताए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधरले समाजवादी पार्टीलाई नुवाकोटको १२ वटै पालिकाहरूमा पार्टी र सबै जनसंगठनहरुका वडा कमिटीदेखि पालिका कमिटीहरूको गठन पुनर्गठन भेला बैठक र विस्तार  हुने काम जारी रहेको बताए । उनले  पार्टीका हरेक मोर्चामा आफूलाई दरिलो र तर्कसङ्गत रुपमा टोल, टोल र बस्तीमा समाजवादको नारा लिएर जान निर्देशन दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला इन्चार्ज राजेन्द्रप्रसाद लोहनी, केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेल, पार्टी अध्यक्ष गोविन्द नेपाली, केन्द्रीय निर्वाचन आयोगका सदस्य वसन्त बस्नेत, केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती, कृष्णप्रसाद दाहाल केन्द्रीय परिषद सदस्य, प्रदेश कमिटी सदस्य राजु सडौला,पार्टी सचिव पदम उप्रेती, जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल, नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ, युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी, समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगायतको उपस्थिति रहेको थियो।
 
कार्यक्रममा नेकपा एमाले बेलकोटगढी नगरपालिका नगर कमिटी सदस्य सोमप्रसाद भट्टले एमाले पार्टी परित्याग गर्दै आजवाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा समाहित भएका छन्। उनलाई खादा र मालासहित पार्टीका नेता तथा केन्द्रीय उपमहासचिव गंगालाल तुलाधरले स्वागत गरेका थिए ।