सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।