April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

आजसम्म विद्युतीय सेवा उपलब्ध नभएका क्षेत्रमा तत्काल सेवा सुरु गर्दै मन्त्री श्रेष्ठ

२०७९ फाल्गुन २७

6.8K

काठमाडौं । अहिलेसम्म विद्युत र सञ्चारको कुनै पनि सेवा उपलब्ध हुन नसकेको सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाका केहि क्षेत्रमा केहि दिनमै विद्युत र सञ्चारको सेवा उपलब्ध हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ का चैनपुर, सिंपाल, रामपुर बजार, ठाकुर थान क्षेत्रमा केही दिनभित्र बिजुली बत्तीको पहुँच पुग्ने भएको हो ।

बिजुलीको लागि आवश्यक ६ थान ट्रान्सफर्मर शुक्रबार नै हेटौंडाबाट लगिएकोले हुँदा चाँडै विद्युत सेवा उपलब्ध हुने वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बिजुलीसँगै बढीमा १५ दिनभित्र सिंपालमा बनेको टावरबाट नेपाल टेलिकमको फोरजीसहितको मोबाइल सेवा पनि सुरु हुने मन्त्री श्रेष्ठले बताए ।

निर्वाचित भएलगत्तै उक्त क्षेत्रमा विद्युत र सञ्चार उपलब्ध गराउने प्रतिवद्धता गरेका मन्त्री श्रेष्ठल यस विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत छलफल गरेका थिए ।

Advertisement