November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कुलमानले हटाए हितेन्द्र शाक्यलाई

710

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणका प्रमुखमा मनोज सिलवाललाइ नियुक्त गरिएको हो ।

गत ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरेको थियो ।

जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमै कुलमान घिसिङ उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नियुक्त भएका थिए ।

Advertisement