February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

निर्वाचनमा हार ब्योहोरेपछि माओवादी ललितपुर जिल्ला संयोजक र सचिवद्धारा राजिनामा

1.8K

काठमाडौं । निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी ललितपुरका जिल्ला संयोजक र सचिवले राजिनामा दिएका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ललितपुरमा माओवादीको हार भएपछि संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।

उर्जामन्त्री तथा माओवादीकी उपमहासचिव पम्फा भुसाललगायतको ललितपुरमा हार भएपछि उनीहरुले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।

भुसाल ललितपुर–३ बाट डा.तोसिमा कार्कीसँग फराकिलो मतान्तरले पराजित भएकी थिइन् भने सोही क्षेत्रको प्रदेश सभा ‘क’ बाट पार्टीकै रामकाजी महर्जन र क्षेत्र नं २ को प्रदेश सभा ‘क’ मा पार्टीकै उम्मेदवार हरि दाहाल पराजित भएका छन् ।

Advertisement