काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा २५ जना संक्रमितको मृत्यु भएपछि हालसम्म कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक २०७७ जेठ ३ गते २९ वर्षीया महिलाको मृत्यु भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण भएकामध्ये मृत्यु हुने दर १ दशमलमव ४१ प्रतिशत छ।
नेपालमा हालसम्म ७ लाख ७७ हजार ५८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये ६ लाख ६५ हजार ५४८ जना संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।
देशभर हाल ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।