काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण गर्दा २,४७६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ३० हजार ६८९ जनामासमेत संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित निको हुने दर ९१ द्यशमलव ३ प्रतिशत रहेको छ ।