November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गएराति खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

2.4K

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको हो।

खेलको १०औं मिनेटमै ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको थियो। तर ३४ औं मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

 त्यस्तै रोबेर्टो फर्मिन्होले पहिलो हाफको इन्ज्युरी टाइममा गोल थप्दा युनाइटेड १–२ गोलअन्तरले पछि रह्यो।

Advertisement

दोस्रो हाफको शुरुमै फर्मिन्होले गाेल गर्दै  लिभरपुललाई ३–१को स्थितिमा पुर्याए। उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए। मार्कस रासफोर्डले ६८औं मिनेटमा गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त बनेन। 

 लिभरपुलका मोहम्मद सलाहले खेलको अन्तिम मिनेटमा गोल गर्दै लिभरपुललाई ४–२ गोलअन्तरले जित दिलाए।

३६ खेलबाट ७० अंक जोडेको युनाइटेड तालिकाको दोस्रो स्थानमा छ भने ३५ खेलबाट ६० अंक जोडेको लिभरपुल पाँचौ स्थानमा रहेको छ।