May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

एनआरएनए अध्यक्षमा डा बद्री केसी विजयी, सिस्टम ह्याक गरेको भन्दै नाराबाजी

1K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै नाराबाजी सुरु भएको छ । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् । 

मतपरिणामसँगै समर्थकहरुले समेत चर्को नाराबाजी गरेका छन् । 

Advertisement

राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि महेश श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेकी थिइन् ।