September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

एनआरएनए फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त

950

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) फाउण्डेसनको अध्यक्षमा रामप्रताप थापा नियुक्त भएका छन् । एनआरएनएले परोपकारी गतिविधि सञ्चालन गर्न गठन भएको उक्त फाउण्डेसनका संस्थापक अध्यक्ष जीवा लामिछानेले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्षमा थापा नियुक्त भएका हुन् ।

थापालाई बिहीवार बसेको फाउण्डेसनको बैठकले नियुक्त गरेको हो । जर्मनी निवासी थापा एनआरएनएका संस्थापक समेत हुन् । उनलाई अध्यक्ष बनाउन गरिएको प्रस्ताव बहुमतले पारित भएको थियो ।

३ वर्षअघि लामिछानेको नेतृत्वमा स्थापना भएको यस फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ ।

Advertisement