December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

नेपाल आदिवासी जनजाती महासंघ कुवेतको अध्यक्षमा पुनः अमृत तामाङ

आकाश शेर्पा
२०८० भाद्र ३

1K

कुवेत । नेपाल आदिवासी जनजाती महासंघ कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महासंघको अध्यक्षमा पुनः अमृत तामाङलाई निर्वाचित गरेको छ ।

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रममा अमृत तमाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतको द्वितीय सचिव श्रीकृष्ण सिलवाल प्रमुख आतिथ्यता र विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, महासंघको संस्थापकसंरक्षक–राजेन्द्र तामाङ, अतिथि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष–राज मल्लठकुरी,रहेका थिए । त्यसैगरी कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुकोउपस्थिती रहेको थियो ।

महासंघका सदस्य रन्जान गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गाना पश्चात् प्रमुख अतिथि, विशिष्ट अतिथि संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए भने उपस्थित आगन्तुकहरुलाई उपाध्यक्ष बलबहादुर काम्बाङले मन्तव्यद्वारा स्वागत गरेका थिए । शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि, नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाल,एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष–राजमल्ल ठकुरी, नेपाल मगर संघ कुवेत अध्क्षय–बसन्त थापा मगर, तमु समाज कुबेतको बरिष्टसल्लाहकार–खोप गुरुङ, गैरआवासीय नेपाली संघ कुवेतकी महिला उपअध्यक्ष–रमिता योन्जनलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति तथा संस्थाहरु नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगरसंघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेतशाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुवेत, नेवा गुठी कुवेत, लगायतले आआफ्नो भेषभुषा रपहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक प्रस्तुतिहरुको साथ २९ औं विश्व आदिवासीदिवस मनाएको थियो ।

दोस्रो चरणको चौथो अधिवेशन कार्यक्रमलाई सरल, सहज र निश्पक्ष तरिकाले सम्पन्न गर्न एनआरएनए आईसीसी सदस्य हरी लावतीको संयोजकत्वमा नेपाल तामाङ घेदुङ कुवेतका सल्ल्हाकार–केशर घलान, मगर सँघ शाखा कुवेतकी उपाध्य्क्षय नम्रता थापा मगरको संयोजकत्वमा निर्वाचनसमिति गठन गरिएको थियो । निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै निर्वाचित समितिले नयाँ कार्यसमितिको नामावली समाजलाई बुझाएको थियो ।

महासंघको चौथो अधिवेशनले नयाँ कार्यसमितिको संरक्षकमा अमित चाम्लिङ राई र राजेन्द्र तामाङ चयन भएका छन् भने सल्लाहाकारमा मनु मगर, खोप ब.गुरुङ, राम लामा, बसन्त थापा मगर, अरुण लिम्बु, दुर्गा चेम्जोङ, हरी लावती, उमेश राई र रमिता योन्जन चयन भएका छन् ।

यस्तै, कार्यकारिणी समितिको अध्यक्षमा अमृत तमाङ, वरिष्ठ उपाध्यक्षमा बलबहादुर काम्बाङ, उपाध्यक्षमा लाल बहादुर सुनुवार, उपाध्यक्षमा मोहन नाछिरिङ राई, महिला उपाध्यक्षमा नम्रता थापा मगर, महासचिवमा राजु गुरुङ, सचिवमा अमित किराती लिम्बु र सचिवमा भूमीराज राई, कोषाध्यक्षमा माया चाम्लिङ राई र सहकोषाध्यक्षमा तुला (सन्ध्या) राना मगर निर्वाचित भएका छन् ।

समितिको सदस्यमा हर्क मोक्तान, रोसन राई, भक्तराम सुनुवार, सविन दुमी राई, रन्जाना गुरुङ, नानु माया राना मगर, प्रदिप केरुङ लिम्बु, डम्बर मोक्तान, मोहन कुमार राई, जुन याङदेम्बा नेम्बाङ, आयुर घले, रेश्मा लामा, नगेन्द्र खजुम लिम्बु, अरुण चाम्लिङ, शान्ती सुनुवार, बुम्बा लो तामाङ, ईग खापुङ लिम्बु, युवराज राई र रबिना तुलाधर चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अमृत तमाङले सबैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउन प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी शुभचिन्तक संघ सस्थाहरुमा सबैलाई धन्यवाद आभार प्रकट गर्दै अध्यक्ष तमाङले कार्यक्रम समापनको घोषणा गरेका थिए ।