June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

नेफिन साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदै

1.2K

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन आयोजना हुने भएको छ। महाधिवेशन आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुन लागेको हो ।

‘आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा’ भन्ने मुल नाराका साथ २९ औं विश्व आदिवासी दिवस एवम् पाचौं राष्ट्रिय महाधिवेशनको आयोजना हुन लागेको हो । विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यकमका साथ पाचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार , सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस-२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच बिहान ११:०० बजे देखि साझपाखाको ६:०० बजे सम्म आयोजना गरिने कार्यतालिका रहेको छ।

Advertisement