April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रथम ‘दम्माम भेट्रान गोल्डकप–२०२३’ आयोजना हुँदै, विजेतालाई झण्डै दुई लाख बराबरको पुरस्कार

10.2K

दम्माम । नयाँ बर्ष–२०८० तथा मुस्लिम धर्मालम्बीहरुको महान चाड इद अल–फितरको उपलक्ष्यमा दुई दिवसीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । ‘दम्माम भेट्रान फुटबल क्लब’को आयोजनामा अलखोबरस्थित अल थुक्बा क्लबको अजिजिया खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

अप्रिल २१ र २२ मा हुन लागेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशी करिब २ लाख बराबरको रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले ५१५१ साउदी रियल (नेपालि १ लाख ७७ हजार), ट्रफी, मेडल र प्रमाणपत्र र उप–बिजेता टिमले २५२५ साउदी रियाल (नेपालि ९० हजार), ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीहरूलाईसमेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव पासाङ शेर्पाले जानकारी दिए दिए । गोल्डकपमा टिम दर्ता शुल्क ७ सय साउदी रियल रहेको छ ।

नेपाली समुदायबीचको सामाजिक सद्भाव र भाइचारा कायम राख्नको निमित्त उक्त खेल आयोजना गर्न लागिएको दम्माम भेट्रान फुटबल क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

Advertisement

प्रतियोगितामा साउदीमा कार्यरत नेपाली श्रमिकहरूको फुटबल क्लबहरूबीच प्रतिस्पर्धा हुने छ ।