March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

फोनिजको पत्रकारिता पुरस्कार मिलन तमु र विमला सेनेलाई सम्मान

945

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई पत्रकारिता पुरस्कार र सञ्चारकर्मी विमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको चौथो अधिवेशनका अवसरमा शनिबार अल्डरसटमापुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पत्रकारद्वयलाई नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज यूकेकी अध्यक्ष गोमा रानाले प्रमाणपत्र, खादाले सम्मान गरेका थिए। तमुलाई भने १ सय १ पाउन्ड राशिको पुरस्कार रहेको छ ।

तीन दशकदेखि फोटो पत्रकारका रुपमा चिनिएका तमुले ३ वर्षदेखि आफ्नै एकल लगानीमा गोर्खा मिडिया डट कम संचालन गर्दै आएका छन् । पोखरा नयाँबजारका उनको पुख्र्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।

Advertisement

यस्तै, सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता सुरु गरेकी सेनेले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरेकी हुन् । उनले वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचार प्रसारिकरुपमा पनि काम गरेकी हुन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि/ सदस्य एवं पूर्व उपाध्यक्ष हुन् ।

फोनिजका पूर्वअध्यक्षहरु सम्मिलित छनौट समितिले प्रतिभा छनोट गरेको हो । समितिमा हालका अध्यक्ष गोमा रानासहित पूर्वअध्यक्षहरु किरण टी लिम्बु, विश्वास दीप तिगेला र प्रमिला लाबुङ थिए । गत वर्ष एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई पुरस्कृत गरिएको थियो ।